मूल खबर

बाह्रदशी १ मा नेपालीकांग्रेसको प्यानल नै विजयी

मेचीनगर । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट टेकबहादुर राजवंशी निर्वाचित भएका छन् ।

राजवंशीसंगै चारैजना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका शम्भूसिंह राजवंशीले ५६३। मत ल्याएका थिए ।

त्यस्तै खुल्ला वडा सदस्य पदमा विजयप्रसाद अधिकारी र सम्पतलाल गिरी , महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button