मेचीनगर । झापाको मेचीनगरमा मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता बढाउदै लगेको छ । यो समाचार तयार गरुन्जेल सम्म प्राप्त जानकारी अनुसार वडा नं १,२ र १५ को २७२६ मतगणना भइसक्दा एमालेका प्रमुखका उम्मेद्वार गोपाल बुढाथोकीले १९१ मत अन्तरले अग्रता लिएकाछन । गोपाल बुढाथोकीले ११६२ मत ल्याउदा काँग्रेसका इन्द्र बुढाथोकीले ९७१ मतल्याएकाछन। राप्रपाका रमेश दाहालले १४७ मत प्राप्त गरेकाछन । उप मेयरमाएमालेकी उम्मेद्वार मिना उप्रेतीले दोब्बर भन्दा बढी मतले अग्रता लिएकीछन । उप्रेतीले १०८२ मत ल्याउदा माओवादी केन्द्रका प्रकाश भण्डारीले ५११ मत प्राप्त गरेकाछन। राप्रपाका सविना बजगाईले ३३९ मत प्राप्त गरेकीछन।
0 21 Less than a minute



