खबर

झापाको बाह्रदशी वडा नं ४ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

घैलाडुबा। झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवारहरुको पुरै प्यानल नै जितेका छ ।

प्राप्त जानकारी अनुसार गुलाफ फूल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षदेखि सदस्यसम्म पाँचवटै पद जितेका हुन् । स्वतन्त्र उम्मेदवार महताव आलमले ७५२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका समिम मियाले ५९१ मत पाएका छन् ।

खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२० , स्वतन्त्र उम्मेदवार बलबहादुर बानिया ६८५ , महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button