खेलकुद

चेल्सी र लेस्टरको बराबरी

एजेन्सी – लन्डन क्लब चेल्सी र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो ।

स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लेस्टरका जेम्स म्याडिसनले गोल गर्दा घरेलु टोलीका मार्काेस अलन्सोले बराबरी गोल फर्काए। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको छैटौं मिनेटमा जेम्स म्याडिसनको गोलबाट चेल्सी खेलमा पछि परेको थियो । ३४औं मिनेटमा रिस जेम्सको पासमा अलन्सोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै चेल्सीले यो सिजनको प्रिमियर लिगमा तेस्रो स्थान पक्का गरेको छ । चेल्सीको ३७ खेलबाट ७१ अंक पुगेको छ । लिगको अन्तिम खेलमा हार र अर्काे खेलमा टोटेनहमले जित निकालेपनि गोल अन्तरमा चेल्सी अघि रहनेछ । लेस्टर ४९ अंक जोडेर नवौं स्थानमा रहँदा अर्काे सिजन युरोपेली लिगमा देखिनेछैन ।

अर्काे खेलमा एस्टन भिल्ला र बर्नलेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलेका एस्ले बार्नेसले गोल गर्दा भिल्लाका इमिलियानोले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै भिल्ला ४५ अंक जोडेर १४औं स्थानमा रहँदा लेस्टर ३५ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ । अब लिगको अन्तिम खेलबाट नै रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ ।हाम्रो खेलकुदबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button