खेलकुद

अष्ट्रेलियाको पूनरागमन जित, बंगलादेशले इन्डोनेसियालाई रोक्यो

एजेन्सी – अष्ट्रेलियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन सफलता हात पार्दा बंगलादेशले इन्डोनेसियालाई बराबरीमा रोकेको छ ।

कतारमा बुधबार राति भएको खेलमा अष्ट्रेलियाले जोर्डनमाथि २–१ को पूनरागमन जित निकालेको हो । अष्ट्रेलियाको जितमा बेइली राइट र एवेर मविलले गोल गरे । जोर्डनका मुसा अल तामारीको गोल सान्त्वना बन्यो ।

खेलको १७औं मिनेटमा मुसा अल तामारीले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाए । उनले अहमेद समिरको पासमा गोल गर्न सफल भएका थिए । तर, जोर्डनले त्यो अग्रतालाई जोगाउन सकेन ।

४०औं मिनेटमा बेइली राइटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६८औं मिनेटमा एवेर मविलले गोल गर्दै अष्ट्रेलियालाई पूनरागमन जित दिलाए ।

अष्ट्रेलिया कतार विश्वकपको तयारीमा तथा जोर्डन एसियन कपको अन्तिम तयारीमा रहेको छ । अष्ट्रेलियाले एसियाको छनोटको प्ले अफको सेमिफाइनलमा युएईविरुद्ध खेल्दैछ । उक्त खेलमा सफलता हात पारे अष्ट्रेलियाले दक्षिण अमेरिकी राष्ट्र पेरुसँग खेल्नेछ । जोर्डन एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा रहेको छ ।

यस्तै अर्काे मैत्रीपूर्ण खेलमा बंगलादेशको बलियो मानिएको इन्डोनेसियालाई गोलरहित बराबरीमा रोकेको छ । लगातार दवाव झेलेपनि बंगलादेशले इन्डोनेसियालाई बराबरीमा रोक्न सफल भयो ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button