खबर

सहमति भएका विषय समेटेर नागरिकता विधेयक ल्याइने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीति दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबारको संसद्को बैठकमा नयाँ नागरिकता विदेयक पेश हुन लागेको बताएका हुन् ।

‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विद्येयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विद्येयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समस्या समाधान गर्नेछ ।’

उनका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बस्ने संसद् बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button