
गजल
बर्खा लाग्यो नआउ कान्छा बाटो हिलो भो
जता टेक्यो भाष र चिप्लो माटो गिलो भो ।
बाटो बन्छ भनेको थिएँ ढाँटे जस्तो भो
भ्रष्टाचारको सन्जाल हेर चाल्ने पिलो भो ।
ठेकेदारको विवशता सबै धान्नु भो
गुणस्तर मापन हुन्न ठेक्का बिलो भो ।
दुःख लाग्छ काममा हेर्दा खै के गर्नु भो
धार्नी लाग्ने ठाउँमा नाप्दा मात्र किलो भो ।
तिमी भन्छौ गाउँको मान्छे आफैं हिरो भो
निहुरिन्न कम्मर ढाड अल्छे फिलो भो ।
सिङ्गै खोज्छौ यथार्थ सब शेष जिलो भो
मेरो प्यारो देशको थीति किन ढिलो भो ।।



