खेलकुद

डि मारिया युभेन्ट्स जाने

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ ।

३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए ।

पिएसजीमा ७ सिजन बिताएका उनले २ सय ९४ खेलमा ९१ गोलसँगै १ सय ११ असिस्ट दिएका छन् । पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् ।

म्यानचेस्टर युनाइटेड जानुअघि डि मारियाले चार सिजन स्पेनिस क्लब रियल म्याड्रिडमा बिताउँदा १९४ खेलमा ३७ गोल गरेका छन् । २००८ देखि अर्जेन्टिनाको टोलीमा रहेका डि मारियाले १२२ क्याप जित्दा २५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button