
मेचीनगर । लामो समयदेखि निरन्तर नेकपा(एमाले)मा कृयाशिल कार्यकर्ता झापा मेचीनगरका राम ओलीले पनि उम्मेद्वार बन्ने ईच्छा देखाएकाछन् ।मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनले झापा क्षेत्र नं १ (क)बाट प्रदेशसभामा प्रत्यक्ष वा समानुपातिकका लागि उम्मेद्वार बन्ने चाहना देखाएकाछन् ।आज उनले पार्टीमा आफ्नो उम्मेद्वारी दर्ज गराएकाछन् । झापामा बामपंथी बिध्यार्थी आन्दोलनदेखि जोडिएका ओलीले सामाजिक सञ्जालमार्फत पार्टीमा आफुले दिएको मनोनयन पत्र सार्वजनिक समेत गरेकाछन् ।सामाजिक सञ्जालमा उनले आफु २०३८सालदेखि नै बामपंथी आन्दोलनमा जोडिएको भएता पनि आज सम्म कुनै संसदीय क्षेत्रको जिम्मेवारी नलिएको उल्लेख गर्दै यसपटक आफुले उम्मेद्वारीका लागि पार्टीमा निवेदन गरेको बताएकाछन् । ओली निरन्तर नेकपा(एमाले)का विभिन्न जिम्मेवारीमा रहेर कृयाशिल एमालेका अगुवा कार्यकर्ता रुपमा परिचित रहेकाछन् ।



