मूल खबर

तिहार लगत्तै गठबन्धन उम्मेदवार चुनावी अभियानमा (फोटो फिचर)

काँकरभिट्टा । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ मा चुनावी घरदैलो कार्यक्रमलाई गठबन्धन उम्मेदवारले निरन्तरता दिएका छन् ।
तिहार सकिए लगत्तै चुनावी अभियान लिएर भद्रपुर वडा नम्बर ९ का स्थानीय घरमा पुगेर उम्मेदवारले आफ्ना कुरा प्रस्तुत गरेका थिए।


पछिल्लो समय राजनीतिमा युवाको सहभागिता बढ्नु पर्ने आम बुझाईका बीच गठबन्धनले प्रस्तुत गरेका युवा उम्मेदवारलाई आफ्नो साथ सहयोग रहने स्थानीयले बताएका थिए ।
घरदैलो अभियानमा क्षेत्र १ ‘क’ का प्रदेश उम्मेदवार गोपाल तामाङ, समानुपातिक उम्मेदवार बालजीत राईसहित पार्टीका महाधिवेशन प्रतिनिधि सुशिला रिजाल, प्रदेश समिति सदस्य हरि बुढाथोकी, चेतनाथ भट्टराईलगायतको टोली वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेकोे थियो ।


त्यसैगरी मेचीनगर–६ मा समेत संविधान सभा सदस्य उषा गुरुङ, जिल्ला सदस्य ललितबहादुर तामाङलगायतको टोली चुनावी अभियानमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button