
कविता
एउटा अनुमान ,हल्का चिसो हुनेछ त्यो दिन
जनहरुका मनहरु उत्साहित हुनेछन्
हाम्रा मन र हातहरु निर्धक्क बन्नेछन्
एउटा धक्का दिनका लागि
त्यो, दिन अर्थात मंसीर ४
जनसपनाहरु माथि उधुम गर्नेहरुका बिपक्षमा
जनचाहानाहरु माथि पट्टा खेल्नेहरुका बिरुद्धमा
निसंकोच मनले भन्नेछ धक्का मार अनि हातले धक्का दिने छ
हाम्रा अपेक्षाहरु माथि ऐठन थोपर्नेहरुको पराजयका खातिर
जनभावनालाई दिल्लगी संझेर ,शोकमा समेत
ठट्टा गर्नेहरुका बिपक्षमा
मंसीर ४ अर्थात एउटा धक्का बन्ने छ
मनले जे भन्ने छ हातले त्यसै गर्ने छ
मनले भन्ने छ प्रतिगमनका बिरुद्ध उठ
हात उठ्ने छ
फेरि मनले भन्ने छ, अग्रगमनका पक्षमा उठ!
हात फेरि उठ्ने छ!
त्यो दिन अर्थात मंसीर ४ एउटा धक्का !
जनताको पक्षमा ,गणतन्त्रको पक्षमा छाती खोलेर उठ्ने छ मंसीर ४

