खबर

सीके राउत र विमलेन्द्र निधिबीचको भेटवार्ताले दिएको सन्देश

काठमाडौं
सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ राष्ट्रिय दल स्थापित गरेका सीके राउत पछिल्लो समय यही प्रश्नको घेराबन्दीमा छन्।

त्यसो त राउतको पार्टी मधेस प्रदेशमा पनि निर्णायक शक्तिको रूपमा उदाएको छ। मधेसमा राउतको पार्टी बिना न एमालेले सरकार बनाउन सक्छ, न गठबन्धनले नै। राउत यतिबेला दुबै दलसँग ुबार्गेनिङु गर्नसक्ने ुपोजिसनुमा समेत छन्।

उनले सञ्चारमाध्यममा तीन विकल्प सोझ्याएका छन्। उनले भनेका छन्( कि आफ्नो पार्टी प्रतिपक्षमा बस्छ, कि समर्थन गरे पनि सरकारमा जाँदैन, कि सरकारमा सहभागी हुन्छ। मतलब उनले सरकामा जाने विकल्पलाई खुला नै राखेका छन्।

राउतले बुधबार नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग उनकै निवासमा पुगेर भेटवार्ता गरे। निधिसँग भेटवार्ता गरेर राउतले सन्देश पनि दिन खोजेका छन्, जनमत पार्टी सरकारमा सहभागी हुन चाहन्छ। तर उचित भागबण्डासहित।  अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button