मूल खबर

पत्रकार मुक्तिनाथ पौडेल मेचीदेखि महाकालीसम्म १०२८ किलोमिटर यात्रा गर्ने नेपालकै पहिलो साइकल यात्री

पत्रकार मुक्तिनाथ पौडेल मेचीदेखि महाकालीसम्म १०२८ किलोमिटर यात्रा गर्ने नेपालकै पहिलो साइकल यात्री
मुक्तिनाथ पौडेल मेचीदेखि महाकालीसम्म १०२८ किलोमिटर यात्रा गर्ने नेपालकै पहिलो साइकल यात्री पत्रकार हो । १० बर्षे जनयुद्ध चलिरहेको बेला शान्ति बहाली तथा लागूपदार्थ दुर्व्यसनका विरुद्ध सचेतना जगाउने उद्देश्यले उहाँले साइकल यात्रा गरेको बताए ।


नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य तथा जनसंसद दैनिकका सम्पादक मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी पत्रकार मुक्तिनाथ पौडेलले २०६० साल असोज १९ गते मेचीदेखि महाकालीसम्मको साइकल यात्रा पूरा गर्नुभएको महासंघ झापा शाखाले लेखि पठाएको छ । सोअनुसार तत्कालीन अवस्थामा मुलुकमा शान्ति बहाली तथा लागूपदार्थ दुर्व्यसनका विरुद्ध सचेतना जगाउने उद्देश्यले १० दिनमा मेचीदेखि महाकालीसम्म १०२८ किलोमिटर यात्रा गर्ने नेपालकै पहिलो पत्रकार रहनुभएको जानकारी गराइन्छ ।उहाँको आगामी यात्रा अझ सशक्त रहोस् ।
मुक्तिनाथ पौडेललाई हार्दिक बधाई तथा शुभकामना ।कृष्मन संचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button