सृजनाको चौतारी

“बिहानी”

कविता

काठमाण्डू खाल्टो
पुसको चिसो रात
सिपाहीहरु चारभञ्ज्याङमा
पहरा दिईरहेका
छेउको शिवपुरी,चन्द्रागीरी,फुल्चोकी
जुन सँग जिस्की रहेका
टाकुरामा परेको फुस्स हिउँ
मुस्काई रहेको
सुन्दर काठमाण्डौं
प्रातःकालको सिरेटो ख्याल नगरी
झिसमिसमा आफ्नो दिनचर्या सुरु गर्न
हतारि रहेका मान्छेहरु
कुहिरो सँग डराएर
झस्कि रहेको घामको किरण
चारोको खोजीमा गुडबाट निस्कन
आत्ति रहेका पक्षी
काँठका गोठमा कुडो पानी
पर्खि रहेका गाई बस्तु
जिउँ फुर्तिलो बनाउदै परेड खेल्न
तम्सिएका सिपाहीहरु
धूपको पर्दा उघार्ने प्रतिक्षामा
बसिरहेका बिहानी
सुन्दर बिहानी
किसानहरु
बाली देखेर हौसिएका
माहुरीको हुल
तोरीको फूल चुस्न अघि सरेका
व्यापारी
सामानको जोहो गर्न लागेका
चार विनायक, चार भगवतीमा
पुजारीले स्नान गरि सकेका
देवलमा भजन गाउनेहरु
खैँजडी बोकेर नाँचीरहेका
देवी देवता प्रशन्न भएका
नेपाल खाल्डोको बिहान
यो शुद्घ बिहान
हुस्सु भित्र लुकेर
कुहिरोमा सलबलाइ रहेको
प्रकाशको घुम्टो खोजी रहेको
फूलको गुच्छा सँगै हाँसी रहेको
यो काठमाण्डूको बिहानी
आजको विशेष दिन
लिएर आउने बिहानी
प्रफुल्ल बिहानी
प्रफुल्ल दिन
विशेष दिन
मेरो जन्मदिन
           नम्रता “निराश्रित”(फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button