मूल खबर

क्याफेको छैठौं तलाबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत रहेका उनको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो सवा २ बजे खसेका उनलाइ उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। सो अस्पतालबाट उनलाइ थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।त्यहाँ उपचारको क्रममा उनलाइ मृत घोषणा गरिएको प्रहरी जनाएको छ।नागरिक न्युजबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button