खबर

ओलीको बुद्धिजीवीहरुसँग आग्रह : ‘एमालेविरुद्ध प्रहार भइरहेको छ, भ्रम चिर्न लाग्नुहोस् ‘

न्युज अफ नेपाल
काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेकाे भन्दै बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेकाे उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेकाे उनकाे भनाई छ ।

‘‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button