खबर

दुर्गा प्रसाईको आन्दोलनमा ‘राजतन्त्र मुर्दाबादको नारा लागेपछि…

न्युज अफ नेपाल
काठमाडौं ।

दुर्गा प्रसाईले संचालन गरेको ‘राष्ट्र बचाउ अभियान’ले बानेश्वर संसद भवन अगाडी गरेको ‘राजतन्त्र मुर्दाबाद’ को नारा लागेको छ ।

प्रदर्शनकारी राजतन्त्र मुर्दाबाद, गणतन्त्र मुर्दाबाद भन्दै नारा लगाएका हुन । उक्त नारालागे पछि प्रदर्शनकारी एकछिन अलमलमा परेका थिए । वानेश्वर बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका छन् ।

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button