मूल खबर

उप्रेती समाजको ५ औं अधिवेशन तथा ११ औं बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड ।

उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५ औं अधिवेशन तथा ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उप्रेती समाजको बिर्तामोडमा शनिवार (आज) भएको पाँचौ अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नयाँ कार्यसमितिकोको उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका उप्रेती, सचिवमा चन्द्रमोहन उप्रेती, सह–सचिवमा निर्मल उप्रेती, कोषाध्यक्षमा रामप्रसाद उप्रेती सर्व सम्मत् चयन भएका छन् ।

त्यस्तै सदस्यमा बिष्णु उप्रेती, यशोदा उप्रेती, कमला उप्रेती, नारायण उप्रेती, राजेश उप्रेती, टिका उप्रेती, मिनप्रकाश उप्रेती, सूर्य उप्रेती, हरि उप्रेती, जर्नादन उप्रेती, देबिका उप्रेती, बिमल उप्रेती, शंकरमणि उप्रेती र बिकास उप्रेती सर्वसम्मत चयन भएका सञ्चारकर्मी टिकाराम उप्रेतीले जानकारी दिए । नयाँ कार्य समितिलाई निर्वाचन समितिका संयोजक टंक उप्रेतीले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् ।उप्रेती समाज सेवा झापाका अध्यक्ष चिरञ्जीवी उप्रेतीको अध्यक्षतामा भएको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button