
रंगले रंगियोस् जीवन कुनै दाग नलागोस्,
चम्कियोस् भाग्य कसैको भाग नलागोस् ।
दुःख चीर हरण होस्, असरल्ल सुख वृद्धि,
हरेक पाईलामा बढ्दै जाओस् समृद्धि ।
सबैले हराउन खोज्लान् तिम्रो हार नहोस्,
सफलताको यात्रामा काँडे तारबार नहोस् ।
तिम्रो अधिकारमा कुनै अहंकार नहोस्,
किनवेच सबै कुराको हुन्छ, ईमानको व्यापार नहोस् ।
रंगको पर्व होलीको सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना ।।(फेसबुकबाट साभार)


