
फाइल तस्बिर।
प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपिने अपेक्षा गरिएको जनाएको छ।
इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन् । इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न जारी राखेमा युद्धविराम अझै लम्बिन सक्ने बताएको थियो ।
नाम नबताउने शर्तमा प्यालेष्टिनी स्रोतले सिन्ह्वालाई बताएअनुसार हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताका लागि २० जना इजरायली बन्धकको नामसहितको नयाँ सूची तयार पारेको छ ।अन्नपूर्ण



