मूल खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागी जनाउन यूएईको दुबई जानु भएको छ । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट दुबई जानु भएको हो ।

प्रधानमन्त्रीको बिदाइका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यूएईको राजदूतावासका उच्च अधिकारीको उपस्थिति थियो ।

दुबई सहरमा आजबाट सुरु हुने े जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८ औं संस्करण कोप–२८ मा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट शनिबार सम्बोधन गर्नुहुने छ । उहाँले कोपको एजेन्डामा जलवायु परिवर्तन तथा हिमालयको वार्ता प्रक्रियामाथि नेपालको आवाज प्रस्तुत गर्ने बताइएको छ ।

कोप–२८ मंसिर २६ सम्म चल्ने छ । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले कोप–२८ म उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखहरुसग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ प्रचण्डले युएइको अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने र आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।EmountainTv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button