खबर

आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा यथावत

काठमाडौं इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

आर्सनलका बुकायो साका र मार्टिन ओडिगार्डले गोल गरे । दोस्रो हाफमा खेल सकिन ४ मिनेट बाँकी छँदा उल्भ्सका म्याथ्यु चुन्हाले एक गोल फर्काए ।

आर्सनलको १४ खेलमा ३३ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अङ्क रहेको छ । प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button