खबर

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु, ३ घाइते

लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। स्थानीय समाचारले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा दुई जनाको मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजना खतारामुक्त रहेको बताएको छ।

लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई ‘घरविहीन’ व्यक्ति भएको उल्लेख गरेको छ।

यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ।

सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ। ती तीनजना पीडितहरू फुटपाथ (गल्ली) मा सुतिरहेका बताइएको छ। आक्रमणकारी अझै फरार छन्।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button