
मेचीनगर । पूर्वकै सर्वाधिक सम्मानित रहेको चुडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार यस पटकका लागि वरिष्ठ कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ ।
पूर्वका मोतीराम भनेर कहलिएका नेपाली साहित्यका दीर्घसेवक चुडामणि रेग्मीको नाममा यो सम्मान तथा पुरस्कार २०७५ सालमा स्थापित भएको हो ।
विगत चार दशक अघिदेखि निरन्तर कविता लेखनमा सक्रिय ढुंगाना लामो समयदेखि पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।
२०८० सालको लेखनाथ जयन्तिको अवसर पारेर पुस २६ गते ढुंगानालाई यो सम्मान तथा पुरस्कार प्रदान गरिने लेखनाथ पुस्तकालयले जनाएको छ उक्त सम्मान नगद रु। २५ हजार नगद पुरस्कारसहितको रहेको छ ।
ढुङ्गानाका सयौँ फुटकर कविताहरु प्रकाशित छन् भने प्रकाशित संग्रहमध्ये कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ चर्चित छ ।



