खबर

माग पूरा नभए बन्धक जिउँदो नछाड्ने हमासको चेतावनी

एजेन्सी।

हमासले आफ्ना माग पूरा नभए कोही पनि बन्धकलाई जिउँदो नछाड्ने चेतावनी दिएको छ।

गाजामा हमासको कब्जामा अझै १३८ जना बन्धक छन्। जसमा नेपाली विपिन जोशी पनि छन्।

इजरायलको आक्रमणबाट गाजामा हालसम्म १८ हजार बढीको ज्यान गइसकेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासको अन्त्य नजिक आइसकेको भन्दै आत्मसमर्पण गर्न भनेका छन्।

‘म हमास आतंककारीहरुलाई भन्छु– सब सकियो। सिनबर (हमास प्रमुख याया सिनबर) का लागि नमर। आत्मसमर्पण गर, अहिल्यै,’ नेतन्याहुले भने।

तर, हमासका प्रवक्ता अबु ओबेडियाले संवाद र कैदी साटफेरबिना बन्धक नबच्ने धम्की दिएका छन्।

‘साटफेर, लेनदेन र प्रतिरोधको सर्त पूरा नगरी न त फासीवादी दुश्मन र उसको घमण्डी नेतृत्व, न त तिनका समर्थकले नै आफ्ना कैदी जिउँदै फिर्ता लिन पाउनेछन्,’ ओबेडियाले भनेका छन्।

मध्यस्थता गरिरहेको कतारले भने युद्धविरामको सम्भावना क्षीण हुँदै गए पनि दुवै पक्षलाई दबाब दिइरहेको छ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button