खबरसृजनाको चौतारी

आचार्य, शर्मा र बास्तोलालाई कृति स्मृति पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले तीन अग्रज पत्रकारलाई जनही १ लाख राशिको पुरस्कार प्रदान गरेको छ ।

संविधानसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी स्व. सूर्यबहादुर केसीका परिवारबाट स्थापित कृति स्मृति पत्रकारिता वृत्तिबाट पत्रकार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य, महासंघ कास्कीका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई प्रदान गरिएको हो । सो वृत्ति सम्मान २०७७ का लागि आचार्य, वर्ष २०७८ माधव शर्मा र वर्ष २०७९ बाट बास्तोलाले पाएका हुन् । पुरस्कार राशि जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ ।

यसैगरी, महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कार टंक अधिकारी र दीननाथ बराललाई दिइएको छ । अधिकारीलाई वर्ष २०७८ र बराललाई वर्ष २०७९ का लागि पुरस्कार दिइएको हो । दुवै पुरस्कारको राशि २० हजार, दोशल्ला र सम्मानपत्र छ ।

पुरस्कार आगामी ४ पुसमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताइन् ।राजधानी दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button