खेलकुदमूल खबर

वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित

रन आउट भएका कप्तान दीपेन्द्रसिंह ऐरी । तस्बिर : क्यान

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो। वेस्ट इन्डिजको जितका लागि जोनसन चार्ल्सले शतकीय पारी खेल्नुभयो। उहाँले ६१ बलमा १३ चौका र सात छक्काको सहयोगमा अविजित एक सय १९ रन बनाउनुभयो।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभयो। फाबिएन एलेनले १९, ओपनर एलिक अथान्जेले १७ रन र किमो पलले अविजित १३ रन बनाउनुभयो। बलिङमा नेपालका सागर ढकाल र करण केसीले एक एक विकेट लिनुभयो।

२२८ रनको लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन जोड्नुभयो। कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेख ३ रनमा आउट हुनुभयो। नेपालका लागि नटआउट ३ रनमा समेटिए।

नेपालको ब्याटिङ लाइनलाई ध्वस्त बनाउन वेस्ट इन्डिजका लागि हेडेन वाल्शले तीन विकेट लिनुभयो। गुडाकेश मोतीले दुई विकेट लिनुभयो भने फेबियन एलेन

ओबेद म्याक्रो, म्याथ्यू फोर्डले एकएक विकेट लिनुभयो। यो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछाडि परेको छ। नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button