खबरहेड लाइन

आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित ७ घाईते

एलिना दियाली

– ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “नो केबलकार पक्षद्धारा सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएका थिएँ । मैले आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपुर्ण र्‍याली गर्नको लागि आग्रह गरेको थिए । हुँदैन भन्नुभयो । पछि बिरेन्द्र चोकमा राँके जुलुस निकाल्नभयो । थप क्षति नहुन दिनको लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भयो । घाईतेको यकिन विवरण छैन । हामी स्थितीलाई नियन्त्रण लिने प्रयास गरि रहेका छौँ ।”

नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्‍याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । यसअघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाईते भएका थिए ।पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै आएको छ ।नेपाल टिभी अनलाइनबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button