खबर

रुपनीमा लक्ष्मीको प्रतिमा विसर्जन

प्रतिमालाई जलप्रबाह गर्न लगिदै । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ७ गते । दीपावलीको अवसरमा सामूहिक रूपमा निर्माण गरिएको माता लक्ष्मीको प्रतिमाको पूजापाठ सम्पन्न गरेर शुक्रबार जलप्रवाह (विसर्जन) गरिएको छ।

नवयुवा समिति रुपनीको आयोजनामा तथा सम्पूर्ण रुपनी बजार क्षेत्रका सहयोगी युवा, बुद्धिजीवी, व्यापारी र कर्मचारीहरूको सहभागितामा मूर्ति विसर्जन गरिएको हो। समितिद्वारा आयोजित उक्त धार्मिक एवं सांस्कृतिक कार्यक्रमले रुपनी बजारमा उल्लासमय वातावरण थियो। विगत वर्षझैं यस वर्ष पनि स्थानीय समुदायको सक्रिय सहयोग र सहभागितामा लक्ष्मीपूजाको आयोजना गरिएको स्थानीय सन्तोष यादवले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी भक्तजनहरूले सामूहिक रूपमा माता लक्ष्मीको आराधना गरी समृद्धि, सुख र शान्तिको कामना गरेका थिए। विधिवत् पूजापाठ सम्पन्न गरी समितिद्वारा प्रतिमालाई नगर परिक्रमा गरेर नजिकैको जलाशयमा जलप्रवाह गरिएको उहाँले बताउनुभयो।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button