
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा विवाद चर्किएको छ। कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले आफ्नै नेतृत्वमा रहेको कार्यदलको औचित्यमाथि प्रश्न उठाएपछि सदस्यहरूले कडा प्रतिवाद गर्दै काम गर्न नसके राजीनामा दिन चुनौती दिएका छन्।
काभ्रेको पनौतीस्थित बल्थलीमा जारी गोप्य आवासीय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, पार्टी पुनर्गठन, विशेष महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तथा विगतका राजनीतिक निर्णयको जिम्मेवारीबारे नेताहरूबीच चर्काचर्की भएको बताइएको छ।
महासचिव शंकर पोखरेल र संयोजक बादलले तयार पारेका दुई छुट्टाछुट्टै प्रतिवेदनका कारण उत्पन्न विवाद समाधान गर्न बैठकमा विभिन्न विकल्पमाथि छलफल भइरहेको छ। दुवै प्रतिवेदन मर्ज गरेर साझा दस्तावेज बनाउने प्रयास भए पनि पुनर्गठनको पक्षमा रहेका नेताहरूले त्यसमा पूर्ण सहमति जनाएका छैनन्।
बैठकले एमालेको आगामी नेतृत्व र पार्टीको संगठनात्मक दिशाबारे कस्तो निर्णय गर्छ? बादलको कार्यदलमाथिको प्रश्नपछि सदस्यहरूले किन राजीनामाको चुनौती दिए? शंकर पोखरेलको प्रतिवेदनमा रहेको १७ नम्बर बुँदा किन विवादमा आयो? सम्पूर्ण विवरण भिडियोमा।



