खबर

कांग्रेसको नियमित महाधिवेशन पक्षले तोक्यो उम्मेदवारी शुल्क

बिर्तामोड  । नेपाली कांग्रेसका सन्स्थापक बीपी कोइरालाका कान्छा छोरा प्रा. डा. शसांक कोइराल संयोजक रहनु भएको १५ औं नियमितत महाधिएएशन आयोजक समितिले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ ।

समितिले बनाएको केन्द्रीस्य निर्वाचन समितिले बनाएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवार बन्न शुल्क निर्धारण गरिएको हो ।

आन्तरिक प्रतिस्पर्धालाई थप व्यवस्थित र संस्थागत गर्न भन्दै निर्देशिकामै शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । निर्देशिकाको अनुसूची २५ अनुसार, वडादेखि केन्द्रसम्मका विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूले निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ र सदस्यका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १,००० रुपैयाँ, उपसभापति,सचिव र सहसचिवका लागि ५०० रुपैयाँ र सदस्यका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

नगरपालिका कार्यसमिति सभापतिका लागि २,००० रुपैयाँ, उपसभापति र सचिवका लागि १,५०० रुपैयाँ, सहसचिवका लागि १,००० रुपैयाँ र सदस्यका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
महानगर र उपमहानगर कार्यसमिति सभापतिका लागि २,५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १,५०० रुपैयाँ, सहसचिव र सदस्यका लागि १,००० रुपैयाँ तोकिएको छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २,५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १,५०० रुपैयाँ र सहसचिव र सदस्यका लागि १,००० रुपैयाँ, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३,५०० रुपैयाँ, उपसभापति र सचिवका लागि २,५०० रुपैयाँ, सहसचिवका लागि २,००० रुपैयाँ र सदस्यका लागि १,००० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५००, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १,०००, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २,५०० र केन्द्रीय महासमिति सदस्यका लागि ३,००० रुपैयाँ तोकिएको छ ।

जिल्ला कार्यसमिति सभापतिका लागि ५,००० रुपैयाँ, उपसभापति र सचिवका लागि ३,५०० रुपैयाँ, सहसचिवका लागि ३,००० रुपैयाँ र सदस्यका लागि १,५०० रुपैयाँ तोकिएको छ ।

प्रदेश कार्यसमिति सभापतिका लागि १०,००० रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६,००० रुपैयाँ र सदस्यका लागि ३,००० रुपैयाँ तोकिएको छ ।

केन्द्रीय कार्यसमिति सभापतिका लागि ३०,००० रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५,००० रुपैयाँ, सहमहामन्त्रीका लागि २०,००० रुपैयाँ र केन्द्रीय सदस्यका लागि १०,००० रुपैयाँ शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button