कला

टेलर स्विफ्ट २०२० भर कार्यक्रममा नदेखिने

कोरोना भाइरसको विश्वमा नै भइरहेको असरलाई मध्यनजर गर्दै हलिउड गायिका टेलर स्विफ्टले २०२० मा हुने कुनै पनि लाइभ कार्यक्रममा सहभागी नहुने घोषणा गरेकी छिन्।

उनले सामाजिक सञ्जालमा कोरोना भाइरसको प्रकोपलाई हेर्दै कोरोना रोक्ने कोसिसस्वरुप यस्तो निर्णय गरेको जनाएकी छिन्। ‘कृपया तपाईंहरु सबैजना सुरक्षित रहनुहोला। म तपाईंहरुलाई छिट्टै नै स्टेजमा भेट्नेछु।

तर अहिले हामी सबैजनाको सुरक्षा महत्वपूर्ण छ। तपाईंहरु सबैजना क्वारेन्टाइनमा सुरक्षित रहनुहोला। तपाईं सुरक्षित रहनुभयो भने मात्र अरु सबै सुरक्षित रहनेछन्’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्।

यसप्रति उनका फ्यानहरुको दुई खाले प्रतिक्रिया दिएका छन्। एकातिर २०२० मा टेलरको एउटा पनि लाइभ कार्यक्रम हेर्न नपाउने भएका कारण निराश भएका फ्यानहरु छन् भने अर्कोतर्फ टेलरको यस किसिमको निर्णयको तारिफ गर्ने फ्यानहरु पनि उत्तिकै छन्।

केही फ्यानले टेलरले आफूलाई मात्र नभई फ्यानहरुलाई पनि सुरक्षित गरिरहेका कारण निकै समझदारीपूर्वक यो फैसला गरेको भनेर तारिफ गरेका छन्। ट्रेलरले आफ्नो यस फैसलापछि २०२० का सबै कार्यक्रम रद्द गरेकी छिन्। यसभन्दा अघि गायक जस्टिन बिबरले पनि आफ्ना केही कार्यक्रम रद्द गरेका थिए।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button