खबरस्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

ललितपुर। नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।यस सँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

मन्त्रालयका अनुसार नवलपरासी बर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीइ किशोरीमा संक्रमण देखिएको हो।

यसै गरि, कपिलबस्तु बाणगंगा नगरपालिका मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ बर्षीय बालिका छन्। सर्लाहीको गोडैता नगरपालिकाका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ जना पुरुषा र १८ वर्षीया एक महिला छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button