सृजनाको चौतारी

लाचार छु म !


लक्ष्मी उप्रेती ‘सिस्नो’
कविता

तिम्रो नाङ्गो शरीर र भोको पेट देख्दा
एक गाँस खाना र लाज ढाक्ने मात्रै भएपनि बस्त्र दिउँ दिउँ लाग्छ
तर , के गर्नु
तर, के गर्नु , मेरो पनि हालत तिम्रो भन्दा कहाँ कम छ र रु
तिमीलाई दिने एकगास खाना भए भोक लाग्यो भन्दै चिच्याई रहेको मेरो दुधे बच्चालाई दिन्थे
तिमीलाई तिम्रो लाज मात्रै ढाक्ने वस्त्र दिन सक्ने र म सँग भए
म किन निर्वस्त्र भएर हिड्नु पर्दथ्यो
मेरै नाङ्गो शरीर ढाकेर हिड्थे
एकगास मिठो मसिनो र एकसरो कपडा लगाउन दशै र चाडपर्व कुर्नु परेको छ
खै १ यो साल त दशै पनि कति ढिलो आएको हो
लाग्छ गाउँका धनाढ्य र ठालु सवैकोमा अन्न र वस्त्र टन्न होला
हाम्रै लागि भए पनि चाडै आउनु नि दशै
ऋण काडेरै भए पनि मासु किन्थे अर्को दशैसम्मका लागि खान्थे, कपडा किन्थे अर्को सालसम्मका लागि लाज छोप्थे
महिनौ दिनदेखि उपचार नपाएर बुडो ओछ्यानमा थलिएका छन
औषधिको कुरो नगर म सँग
विहान बेलुका खानै नपाएर रोग पाल्दै बस्न बाँध्य छन
अब तिमी आफै भन
अब तिमी आफै भन म कसरी सक्छु होला तिम्रो भोको पेट भर्न र तिम्रो लाज मात्र ढाक्न
म पनि तिमी जस्तै भएर सडक र गल्लीमा यसरी नै भौतारि रहदा
नत कसैले मेरो भोको पेट नै भरिदिए
नत कसैले मेरो लाज नै ढाकी दिए
तर पनि म चाहिँ तिम्रो भोको पेट भर्न पाए हुन्थ्यो
तिम्रो लाज मात्र ढाक्न पाए हुन्थ्यो भन्दैछु
भन्न वाहेक अरू केही गर्न सक्दिन
किन कि म आफै भोको छु, म आफै नाङ्गै छु
उसवेला म पनि यसरी नै हिड्दै गर्दा
त्यो बेला नत कसैले एक गाँस नै दिए
नत कसैले एकसरो नै दिए
त्यसैले म भोको पेटसँगै र नाङ्गो शरीर लिएर सडक चोक र गल्लीमा हिडीरहे
अनि मलाई सवैले उपनाम दिन थाले बहुलाही,पागल गतिछाडा दिमाग विग्रीएकी
नत म पागल नै थिए, नत बहुलाही नै मलाई यो सव बनायो यहि समाजले
उसवेला मलाई कसैले दिएका भए, आज म पनि तिमीलाई दिन्थे होला
म भोको रहदा कसैले मलाई एक छाकको व्यवस्था मिलाएनन्
अनि कसैले मेरो लाज ढाक्ने बस्त्र पनि दिलाएनन्।
म पनि बाँध्य थिए भोको पेट र नाङ्गो शरीर लिएर हिड्न्
म सक्दिन थिए भोकसँग भिड्न
यहाँ त सारो बोल, सक्छौ सामाजिक सञ्जालमा गाली गर
अझ आफुले आफैलाई स्वघोषित ठालु र म बाहेक अरूले जानेकै छैन भनेर घोषणाा गर
किन अहिले बजारमा यस्तैको माग छ
बजारमा जे बढी माग हुन्छ खरिद विक्री पनि बढी नै हुन्छ
माग अनुसार पूर्ति गर्ने पनि कमि छैनन् यहाँ
कसैले एकगास न भात दिन्छन न कसैले एकसरो कपडा न‌ै
अब तिमी आफै भन म भोको पेट र नाङ्गो शरीर लिएर कतिञ्जेल जाउ कहाँ
मैले मनखोलेर भन्नु पर्छ र यो सत्यको पनि सत्य हो
म लाचार छु , म विवश छु, म आफै तिमी जस्तैनै छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button