
लक्ष्मी उप्रेती ‘सिस्नो’
कविता
मैले त सोचे साञ्चै तिमीले मलाई असल मित्र बनायौँ
के थाहा,
के थाहा ,म बाट केही लिनमात्र तिमीले मसँग यो सम्बन्ध गास्यौँ भनेर
मलाई माफ गर
मलाई माफ गर , तिम्रो स्वार्थ पूरा गर्नका लागि मात्र म तिम्रो साथी बन्न सक्दिन्
म चाहान्छु मेरो एउटा यस्तो साथी बनोस
म चाहान्छु मेरो एउटा यस्तो साथी बनोस, जस्ले मेरो दुस्ख सुखमा उस्ले साथ दिन सकोस
म यस्तोको साथी बन्न सकौँ
म यस्तोको साथी बन्न सकौँ,उस्को दीन दुस्खमा मैले काँध हाल्न सकौँ
जीवनभर म तिमीलाई साथ दिन्छु, तिमी मलाई देउ
कहिल्यै पनि तिमीले तनाव र अनावश्यक सोच नलेउ
एउटै गोरेटो, घोरेटो कच्ची हुँदै पक्की बाटो हिड्न सकौं
कृष्ण सुदमा,मुना मदन, लैला मजनुको जस्तै जोडी बन्न सकौँ
अनि पो हाम्रो सच्चा मित्रता,कायम होला
नत्र दुवैको वाटो गतिहिन भएर कता जाला
तिम्रो विजयमा मैले खुशीयाली मनाईरहदा, मेरो गल्तीमा तिमीले माफी देउ
अनि मेरो जीतमा तिमीले विजयोत्सव मनाईरहदा,तिम्रो गल्तीमा म क्षमा गर्छु
अनि पो हामी सच्चा साथी
अनि पो हामी सच्चा साथी,
हामी वलियो भए कस्ले उठाउछ औँला हामी माथि
यदि,तिमीले तिम्रो स्वार्थ पूरा गर्नकै लागि मलाई साथी मात्र बनाएको हो भने
पक्कै म लामो समय सम्म तिम्रो साथी बन्न सक्दिन
म तिम्रो साथी बनेर तिम्रो महलमा बस्न सक्दिन्
मलाई त झुपडीमा बस्नेको सहयोग र चाहिन्छ साथ
भोको पेटमा दिन सकोस एकगास भात
नाङ्गै हुदाँ लाज ढाक्ने बस्त्र दिन सकोस
यस्तै यस्तै समस्यामा साथ दिन कहिल्यै पछि नहटोस
यति दुस्खमा साथ दिन्छौ भने म तिम्रो साथी बन्न पक्का सक्छु
सुखदुस्खमा साथ दिनेका हरेक मुटु र पल पलमा म बस्छु
किन कि
म असल मित्रको खोजीमा छु
मेरो रूप हेरेर मात्र धेरैले सम्बन्ध गासे
मेरो जवानी हेररै धेरै भाले वासे
उनीहरूको व्यवहार मलाई प्रष्ट थाहा भयो
त्यही भएर , म मनमनै हासे
त्यही भएर मैले पनि बरू गरीवसँगै सम्बन्ध गासे
मलाई न चाहिन्छ सम्पति,न चाहिन्छ धन
तिमी म सँग असल मित्र बन्छौ भने खुला हुनुपर्छ तिम्रो मन
त्यसैले म भन्छु
त्यसैले म भन्छु,
मलाई साथी बनाउनेको न चाहिन्छ सम्पति, नचाहिन्छ धन
मेरो साथी बन्ने भए आउ मिलाउँ हाम्रो मन
मेरो जवानी देखेरै तिमीले मलाई साथी बनाउन खोजेको हो भने
व्यर्थै होला तिम्रो प्रयास पछि होला तिमी मै अन्यास
त्यसैले म भन्छु
त्यसैले म भन्छु, मन मिले बन्ला साथी, धन मिले वनबास
भोली गएर होला तिम्रो सत्यनास
बरू गरीवै किन नहोस म उस्को साथी बन्न सक्छु
हासी हासी सिस्नोको साग दियोस म खुशीले खान सक्छु
घरमा आउदा हासो दियोस, बाहिर हुँदा बाँस
यस्तै भयो भनेदेखि खुशीले नै जान्छ श्वास
न मलाई चाहिन्छ, धन सम्पति र गहना गुरिया
हासैहासोको पाउन सकौ पुरिया
हासैहासोको पाउन सकौ पुरिया


