सृजनाको चौतारी

शंका

लक्ष्मी उप्रेती ‘सिस्नो’
कविता

म पनि त त्यहाँनै पुगेँ , टुपलुक्क पुगे
वरिपरि एक फेर आफ्ना नजरलाई दौडाएँ , के देख्ने थियो सबै देखेँ
तर, तिमीलाई मेरा नजरले पाएन अर्थात त्यहाँ तिमी भेटिन देखिन
एकछिन सम्म त मेरो मन र नजर प्रतिक्षामा रहे, बाटो कुरेर बसे
पल हुदै,मिनेट अनि घण्टौ पनि त बित्यो
तर, पनि तिम्रो आगमनको कुनै छनक आएन कुनै आभाष भएन
मैले कसैलाई सोध्नु त थियोनै ,सोधे उनी आईनन् ?
प्रतिउत्तर थियो उताको, खोई निम्ता त पुगेकै थियो
बल्ल थाहा भयो, तिम्रो गयल हाजिरीको कारण
तिमीलाई गाउँलेले शंका गर्छन् अरे
अनि लाग्यो यो शंका भन्ने वस्तु कस्तो होला
हेर्न ज्यादै मन लाग्यो, एक फेर आफ्नै परिवेशलाई प्रश्न पनि गरेँ
यसैले धेरैको घरवार उजाडिएको खवर धेरै सुनेको छु
सँगै जिउने मर्ने कसम खाएर बाँधेको लगनगाठो एक महिना पनि नवित्दै फुकेको देखेको छु
एक अर्काबीचको शंकाले
सुनेको छु,
सुनेको छु शंकाले लंका हान्छ र मनलाई उजाड पारेर तहसनहस पनि पार्छ अरे
त्यही शंकालेनै जलाउँछ अरे जब लास संझेर अरुले चितामा चडाउँछन्
हे दैव
हे भगवान , मलाई एकपटक यो शंका के हो बुझाईदेउ
किन आउँछ यो शंकाको पहाड जिवनको यात्रामा,कसले निमार्ण गर्छ यो शंका अनि किन जन्मन्छ यो शंका !
सायद हाम्रो विश्वासको पर्खाल र वाचाको बाँध बलियो नभएर पो हो कि
किन हुन्छ यस्तो
किन हुन्छ यस्तो , एक बारको जुनीमा आखिर अजम्बरी त को पो होला र ?
कम से कम यो शंका अलिक कम हुदो हो त
मान्छेका मन र घरहरु मन्दिर जस्ता पनि त हुन्थे होलान् नि
घरमै मन्दिर भएपछि भगवान खोज्न किन दौडनु थियो होला
मनमै ईश्वर बसे पछि ढुङ्गा पुज्दै किन हिड्नु थियो होला
शंका , शंका अनि फेरि पलपलमा शंका जल्ने र जलाउने यो शंका
सबैका मनबाट हट्दो हो त कति सौम्य र सुन्दर बन्थे होलान हाम्रा जिवनहरु
मनसँगै घर हरु पनि कति कञ्चन र सुन्दर लाग्थे होलान्

मलाई त लाग्छ

शंकाले मृत्युवरण गर्न बाँध्य भएर कसैले पिउन नपरोस विष
हिजो म माथि गाउँलेले मात्र होईन, उनले पनि शंका गरीन
उनी माथि गाउँलेले मात्र होईन, मैले पनि शंका नगरेको कहाँ हो थियो र ?
बल्ल थाहा भयो, हामीबीचको अनावश्यक शंकाले हाम्रो घर भित्रभित्र भुसको आगो जस्तै सल्की रहेको रहेछ
के थाहा हामी दुवै भ्रममा रहेछौ भन्ने
बल्ल थाहा हामी दुवैले गलत गरिरहेको भन्ने
को होला यो शंकालाई नजीकबाट चिन्ने
यो सँग मलाई एकछिन भलाकुसारी गर्नु छ , त्यसैको खोजीमा म भौतारि रहेको छु
मैले शंकालाई हिजो खोजे, आज खोजे तर, कहि कतै न देखे नभेटे
बल्ल थाहा भयो यसको खोजीमा मैले समय बर्वाद पारिरहेको
किन कि यसलाई त सिङ्गो समाजले खोजी रहेको वर्षौ वितेछ
समाजले पनि यसलाइ न देखेको रहेछन, न भेटेकै
अनि आज समाज भन्दैछ यो अनावश्यक हल्ला पछि नकुद
तर पनि भन्छु, उसो भए किन शंकाले लंका जलाउछ त रु
म यसको जवाफ खोजी रहेछु, खोजी रहेछु
हे दैव तिमीसँग मेरो गुहार छ , यदि हुन्छ भने मान्छेका मनबाट यो शंका हटाईदेउ
त्यो शंकाको ठाउँमा मिल्छ भने प्रेम,स्नेह अनि आत्मियता राखिदेउ न है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button