
२०७७ श्रावण २२ बिहीबार
हिजोआज निक्कै अफ्ट्यारो छ जीउन। सामान्यतया रुघाखोकी, हाच्छियू गर्न पनि निक्कै अफ्ट्यारो छ। अझ कोही मान्छे वरपर छन् भने त झनै गाह्रो छ। चिनेकै मान्छे छ भने पनि साथीले हाच्छियू गर्यो भने कतै उसलाई कोरोना त छैन भन्ने हुन्छ। तर घरेलु केही उपायाहरु छन् जसको सेवन नियमित गर्नाले रुघाखोजीलाई ‘कन्ट्रोल’ हुनसक्छ।
रुघाखोकीपछि ज्वरो आएमा उसलाई कारोना सर्ने संभावना प्रवल हुन्छ।
विश्व स्वास्थ्य संगठनले पनि पटकपटक भनिसकेको छ, कोरोना भाइरस हावामा पनि हुनसक्छ। पछिल्लो केही महिना यता हेर्दा टोलछिमेकका साथीभाई, आफन्तलाई कोरोना लागेको छ भने पनि थाहा हुन्छ। अन्य कुनै पनि कारणले ज्वरो आएमा उ कतै हिड्नसाथ कारोना संक्रमण हुने खतरा धेरै देखिन्छ।
अहिलेको समय मौसम परिवर्तन हुने समय भएकाले रुघाखोकी धेरैलाई लाग्न सक्छ। सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु पर्ने अवस्था हुदैन। रुघाखोकी लागिहालेमा तातो पानी, कागती र मह घोलेको पानी पिउदा आरम मिल्छ। तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन। र, औषधी सेवन गर्दा पनि फरक त नपर्ला तर सजग हुनु चाही आवश्यक छ।
यसका लक्षणहरु
रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ। यसले हालत खराब बनाउँछ। त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ।
खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ। तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ। यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ। रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु। पानी तताएर त्यसको वाफ लिनुपर्छ, निकै फाइदा गर्छ ।
हर्बल चिया
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुपर्छ। यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ।
बेसार
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ। यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ।
अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ । रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ ।
अलैंची
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।
तुलसी
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन। तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ। यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ।हलोखबर



