
केशव आचार्य
कविता
न चाबी भयो न ताला, साला जिन्दगी।
न सियो भयो न भाला, साला जिन्दगी।।
न यात्रा झेल्न सक्छ, न ढल निकास,
न बाटो भयो न नाला, साला जिन्दगी।
न जोखेर बेच्नु , न त पकाइ खानु,
न मासु भयो न छाला, साला जिन्दगी।
न वासना आउँछ, न घाँटी सजिन्छ,
न फूल भयो न माला, साला जिन्दगी।
घोटे पनि सीप, कला घोप्ट्याए पनि,
न चुरो भयो न बाला, साला जिन्दगी।
न त हान्न मिल्छ, न त थाप्नै सकिन्छ,
न झापट् भयो न गाला,साला जिन्दगी।
मज्जाले मताउने, न मात्तै नमात्ने,
न शुरा भयो न प्याला, साला जिन्दगी।
आचार्यको फेसबुकबाट


