कविता
जी एन शर्मा
हिजो पत्रकार, पत्रकारिता गथ्र्यो पत्रकार जस्तै लाग्थ्यो उसले समाज हेथ्र्यो र कलम समाउथ्यो
अरुले भन्छन्, आज पत्रकारले चाटुकारिता गर्छ , पार्टी हेर्छ र एउटा नेता भनौदाको फेर समाउँछ
हिजो नेता , नेता जस्तै थियो, विचार बोकेको थियो, ब्यबहारमा तालमेल थियो , नेता जस्तै लाग्थ्यो
आज नेताले गुट बोकेको छ, माफिया समाउँछ र पैसाको आाडमा पद फुत्काउँछ
समाचार , समाचार जस्तै हुन्छ तर आशय चाकडि लाग्छ भन्छन्
समाचार त समाचारनै हो, तर अर्थ अर्कै लुकेको हुन्छ
अरुले भन्छन्, पार्टी बिनाको पनि पत्रकार हुन्छ ?
चाकडी बेगर पनि पत्रकारिता चल्छ र ?
हिजो नेताले आदर्श बोकेको थियो, लोभलाग्दो मान्छे लाग्ने गथ्र्यो
अरुले भन्छन् , गुट बिनाको पनि नेता हुन्छ र ? पद बेगर पनि नेता हुन्छ र ?
तर, सबै ठिकठाक जस्तै लाग्छ
पत्रकारले कलम समाएकै देखिन्छ
नेताले पार्टी बोकेकै देखिन्छ
पत्रकारले पत्रकारितानै गरिरहेको छ
नेताले राजनीतिनै गरिरहेको छ
तर, अरुलनै भन्छन्
पत्रकारिता पनि यस्तो हुन्छ र ?
राजनीति पनि यति फोहोर हुन्छ र ?
आरोप छ अहिले, पत्रकारले समाज भन्दा पनि नेतालाई दुष्टि पु¥याएकाछन्
नेताले जनता भन्दा नि , गुट र हनुमानमा ध्यान पु¥याएकाछन्
अरुले नै भन्छन्
यस्ता पनि नेता र पत्रकार हुन्छन् र ?
तर , सब ठिकठाकनै देखिन्छ
नेताले राजनीति गरिरहेको छ , पत्रकारले समाचार लेखिरहेको छ
नेताले जे जे गरिरहेको छ, पत्रकारले त्यही त्यही लेखेकै छ
तर, अरुले भन्छन्
नेताले जे गर्नु पथ्र्यो त्यो पटक्कै गरेन भनेर
पत्रकारले जे लेख्नु पथ्र्यो त्यो लेख्दै लेखेन भनेर
तर , अरुले पनि भन्छन्
नेता बिनाको पत्रकार र पत्रकार बिनाको नेता पनि त हुदैन
पत्रकारले नेता बनाउँछ अनि नेताले पत्रकार बनाउँछ
त्यसैले त अहिले अरुले भन्न थालेका होलान त !
पत्रकारिता छाडेपछि नेता बन्न पाईन्छ
नेता छाडेपछि पत्रकार बन्न पाईन्छ
धेरैको आरोप पनि छ अहिले
सबै भन्दा सजिलो नेता र पत्रकार बन्न छ
किनकी नेताले पत्रकार बनाईदिन्छ
पत्रकारले नेता बनाईदिन्छ
आरोप छ धेरैको, यी दुबैमा खासै योग्यता र क्षमता काम आउँदैन
किनकी नेता र पत्रकार बन्न खासै केही चाहिदैन
तर ,सब ठिकठाकनै देखिन्छ
नेताले राजनीति गरिरहेकै छ
पत्रकारले समाचार लेखिरहेकै छ
नेताले जनता र देश नदेखे पनि के भयो त , राजनीति त गरेकै छ
पत्रकारले समाजका पत्र नहेरेर के फरक पर्छ त, पत्रकारिता त गरेकै छ
तर, म त देख्छ , यस्तो केही अमिल्दो छैन
किनकी
देशमा राजनीति पनि चलेकै छ, पत्रकारिता पनि चलेकै छ
सबै भन्दा ठूलो कुरा त चल्नु हो
नचल्नु भन्दा त चलेकै राम्रो हो
0 23 2 minutes read


