सृजनाको चौतारी

फर्कनु नेपालमा

कविता

परिवार   छाडि दुःखमापरि बिदेश गएका ।
कत्तिघर रित्ता फर्कीआउँदा श्रीमति हिँडेका।।

छाडि दुःखमा परि बिदेश गएका ।
कत्तिघर रित्ता फर्कीआउँदा श्रीमति हिँडेका।।

रहरले होइन बिदेशी भूमि काम गर्न गएछौ।
खसाउँदै आँशु देखाउँदै हाँसो सम्झेर हिडेछौ।।

सपना बुन्दै मनमा गुन्दै नेपाल भुल्येउकि?
त्यो गाउँघर जग्गा र जमिन सम्झेर रोएउकि।

जहाँ गए पनि बाँच्नुनै पर्ने मायानै बाँडेर।
छाड्नलाई गाउँ जन्मेको ठाउँ हुन्ननि रहर।।

कत्तिलाई दैबलाग्यो नि त्यहि फर्कीए बाकसमा।
ईश्वर सम्झी बस्नु पिर भुल्दै आपस आपसमा।।

बाबा र आमा परिवार घरमा हेर्दैछ्न बाटो नै।
सम्झेर देश, बिदेश घुमी फर्कीनु नेपालमा।।

जननी हाम्रो सुन्दर यो देश छैननि बिश्वमा।
पाइन्न स्वर्ग योदेश जस्तो इतिहास कुनैमा।।

परिवार छाडि दुस्खमा परि बिदेश गएका।
कत्तिघर रित्ता फर्किआउँद श्रीमती हिँडेका।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button