सृजनाको चौतारी

सुखानी तिमी सत्य हौ !

महान आमाका महान कोखबाट जन्मिएका तिमी
अदम्य साहाससँगै विद्रोहको ज्वारभाटा बनेका तिमी
न्याय, समानता र स्वतन्त्रका लागि
हाँसीहाँसी मुत्युलाई स्विकार्ने तिमी
आज तिम्रो रातो ईतिहाँसलाई नतमस्तक बन्दै
सलाम अपर्ण गर्दछु म !

तिम्रो महान सपनासगै बढेका यात्रामा
थाक्नेहरु थाक्दै गरुन् , भाग्नेहरु भाग्दै गरुन्
यता र उताको वहानामा गल्ने र भत्कनेहरु लुक्दै गरुन्
तर, तिम्रो महान यात्रालाई न कसैले रोक्न सक्छ , न कसैले छेक्न सक्छ
यो त चेतना र विद्रोहको मसाल हो, आफै बलिरहन्छ, फेरि बलिरहन्छ
जब सम्म तिम्रो बिसौनी आउदैन तब सम्म यात्रा निरन्तर चलि नै रहन्छ
कायरहरु कथित सहासको स्वाङ् पारेर किनारा लाग्दै जाउन्
तर, तिम्रा सपनाहरु बोकेर बढ्नेहरुको पनि लर्को लाग्ने छ

आज अर्थात फागुन २१ को यो पावन दिन
रक्तिम ईतिहाँसले आफ्नो कलम चलाएको दिन
मृत्यु या मुक्तिको सपथको दिन
सुखानी तिमीलाई सलाम गर्छु म !

पाखण्डीको चतुरतामा होइन, तिम्रा सपनाहरुलाई मनमा कसेर
त्यो तिम्रो यात्रामा निरन्तर बढ्नेहरुको ताँती देखेर तिमी हाँस्ने छौ
किनकी तिमी मुक्ति चाहान्छौ
तिमी अन्यायी पर्खाललाई तोडेर
आजादीको मैदान चाहान्छौ

गल्ने र छल्नेहरु किनारा लाग्दै जान्छन्
तिम्रा सपनाहरुलाई भजाउँदै पनि जालान्
तर, सुखानी सत्य त एउटै हुन्छ
जीत सत्यकै हुन्छ
पर्ख तिमी , केही पर्ख
तिम्रो यात्राका महासमरमा हेलिनेहरुको भीड लाग्ने छ
किनकी तिमी सत्य हौ अनि सत्य नै सुन्दर हुन्छ
त्यही सुन्दरताको यात्रामा बढेको तिम्रो यात्रामा लाखौँको सहभागिता हुनेछ
किनकी तिम्रो सपना अझै अधुरो नै छ
अधुरो सपनालाई पुरा गर्न फेरि एक पटक रातो ईतिहाँस लेख्नेहरुको
धोको अझै अधुरो छ, त्यो ईतिहाँसलाई पुरा गर्न राता कलम र मसीहरु
थाकेका छैनन्, गलेका छैनन्, हारेका छैनन्, किनारा लागेका छैनन्
किनकी सुखानी तिमी सत्य हौ अनि सत्य नै सुन्दर हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button