
गजल
खीर पकाएर बोलाउने कान्छी कहाँ जाउँ कि
रक्सीमासु मात सजाउने कान्छी कहाँ जाउँ कि ।
अलमलमा छुँ आज रोजाइ कता तिर गर्ने
बेकुफ बनाइ फसाउने कान्छी कहाँ जाउँ कि।
निर्णयको बन्दी भएँछु चिन्तन धेरै रहदा
जसलाई पनि बसाउने कान्छी कहाँ जाउँ कि ।
क्षणिक हैन जीवनभरकै विश्वासका लागि
दुःखसुख साथ रसाउने कान्छी कहाँ जाउँ कि ।
दिक्क भयो जिन्दगीमा रोगभोकशोक सहदा
रिसाइ रहदा हसाउने कान्छी कहाँ जाउँ कि ।।

