सृजनाको चौतारी

नियति

कविता
वेचैन छु आफैंसंग,
आफ्नै भोलीको संत्रासले
निन्द्राबाट बिउझिदै ,
ढुक ढुक हुन्छ मुटु पनि,
फेरि कसैको मृत्यूको खवरले
कसरी लेखौं श्रध्दान्जलीका शव्दहरु
यी थरथर कामिरहेका हातहरुले ?
फेसबुके भित्तो छपक्कै छ,
मुटु पोल्ने तितो सत्यले
फोटोमा निकैबेर आंखा अडिन्छन्,
आफ्नै सास अड्किएर
आफ्नै बोली बन्द छ
फेरि पनि आफन्त गुमेको समाचारले,
कसरी लेखौं र श्रध्दान्जलीका शव्दहरु
यी टुक्रिएका मुटुहरुले ?
विश्वास नै हुन्न पहिलो पटक त,
फोटो हेर्छु निहालेर
हो निकै बेर हेर्छु,
शव्द नै भेट्दिन श्रध्दान्जलीका ,र
फेसबुके भित्तो स्क्रोल गर्छु,
चित्त बुझ्दैन, फेरि फोटो हेर्छु,
अनि “हो नि” भन्छु,तिमी गुमेको खवरले
कसरी लेखौं र श्रध्दान्जलीका शव्दहरु
कति मांया गर्ने मनहरुले ?
पोस्टिएछ रंगिन फोटो पृयजनको,
आकाश तिर हेरि,
आंखा चिम्म गरें,
विश्वासै भएन,
छातीमा हात राखेर,
लामो सास फेर्दै भनें
“हे भगवान, धन्न तिम्रो जन्म दिन रहेछ” अनि
डराई डराई लेखें, शुभकामनाका शव्दहरु,
कतै “ भावपूर्ण श्रध्दान्जली “ नलेखौं है भनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button