
कविता
बिद्द्त बुझ, महिमा अनौठो
अपार ज्ञान, रसमा पसेपो
मङ्गल सोच, दिलमा राखेर
हिनेमा मार्ग, सफल दिनजो।
भरिला फल, हुँदामा रसिला
मुहार झन,अधिक हँसिला
प्रेमका हार, पोखेझै तनमा
शितल दीन,जगत तट्मा।
हर्दम शुभ , मनमा पालेर
जननी खुश, दिलमै बसेकी
अपार माया, प्राणनै घोटेझै
सुपुत्र गुण ,बुझने सबती ।
अमुर्त बिद्या ,मनको शृङ्गार
बटुल सब, मानव अपार
जीवन पुनः जीबीत बनेमा
पुर्णत होला, तबपो साकार।
छिद्रनै बस्त्र, ढाकेमा नङ्गझै
देखिने सब, अशुद्धी पात्रमा
अदेख पापी,थुप्रैती पदमा
अघोरी धेर,भएयो नभमा।



