स्वास्थ्य

देशभर थप २७६८ जनामा कोरोना संक्रमण, ४४ जना संक्रमितको मृत्यु

४ असार २०७८

चौतारी पोष्ट अनलाइन,काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसै गरि सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त पनि भएका छन् ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button