मुक्तक १
कस्तो पनि देख्नु पर्ने जिन्दगीमा कति कति
संसार रुने आँशु झर्ने जिन्दगीमा कति कति
जिवन मरण हिसाबछैन महामारी बढ्दो झनै
कलिला ति मुना मर्ने जिन्दगीमा कति कति
मुक्तक २
आज भोलि किन उनि कौशी बाट हेर्छिन अरे
पसल जाने बहानामा होट्ल तिर छिर्छीन अरे
छोराछोरी स्कुलमा चलन यस्तो होलान कति
घर धन्दा सकि सक्दा राती अबेर फिर्छीन अरे
मुक्तक ३
नजरले रेट्यौ अरे मुटु घोप्दै तिमीले
रहरले भेट्यौ अरे दिल छोप्दै तिमीले
छालरोक्ने कुनैत्यहाँ तारजाली थिएनकि
बगाउँ भनि हिड्यौ अरे शूल रोप्दै तिमीले
सुर्योदय नगरपालिका ३
इलाम



