सृजनाको चौतारी

सार्थक पारौ जीवन

कविता

शरीरलाई अन्नले पोस्दछ ज्ञानले पोस्छ मस्तिष्क
समाज वचनले जुटदछ खुराक दिन्छ आस्तिक
पढेर दर्शनका पुस्तकमा गढेको ज्ञान निकाली
प्रयोगमा सुध्रन्छ व्यवहार सडेको चित्त पखाली ।।
फूलको रस बटुली मौरीले रसिलो मह झार्दछ
सज्जनका सभामा तर्कले श्रोता मोहित पार्दछ
गलत नै लाग्दछ छुद्र लाइ अमृत सरी वचन
छुस्करी उसको गुण रहदा टिक्दैन सँगै सज्जन ।
नदीले जल दिन्छ निरन्तर लिने हो प्यासीले कति
मन संसार छ सधै अपूर्ण पुग्दैन सोचेको जति
हिजो थियो आज छ भोली खोइ जीवन हुन्छ हुदैन
रहन्छन् त केवल रचना शरीर पक्कै रहदैन ।।
भावना फोहोरमा डुबाएर बाँचेको के नै अर्थ भो
जगत धन दौलत के छ र आखिर मरी जाने हो
छलकपट मनमा हटाइ आफ्नै सम्झी रनबन
धरतीलाई खुशीमा भोगेर सार्थक पारौ जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button