
१७ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३औँ जन्म जयन्तीका अवसरमा भोली(बिहिवार)झापाको काँकरभिट्टामा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा विविध साहित्यिक कार्यक्रम आयोजना गरि महावकवि देवकोटाप्रति श्रद्धासुमन गरिने आयोजक समितिका फडिन्द्र घिमिरेले बताए । प्रत्येक वर्ष झैँ यस पटक पनि देवकोटा पार्क व्यवस्थापन समिति तथा निमार्ण उपभोक्ता समितिले महाकविको संझना र सम्मानमा विविध कार्यक्रम गर्न लागेको उनले बताए । घिमिरेका अनुसार भोली (बिहिवार) यहाँ स्थित देवकोटा पार्क परिसरमा कार्यक्रमको आयोजना गरिने र त्यसको सम्पूर्ण तयारी भएको समेत उनले बताए । देवकोटा पार्क व्यवस्थापन समिति तथा निमार्ण उपभोक्ता समितिले कार्यक्रममा उपस्थितिका लागि सर्व साधारणमा मौखिक तथा सामाजिक सञ्जाल मार्फत अनुरोध समेत गरेको छ । नेपाली साहित्यका धरोहर महाकवि देवकोटाको संझनामा काँकरभिट्टामा रहेको देवकोटा पार्क व्यवस्थापन समिति र यहाँका उत्साहित युवाहरुको पहलमा केही वर्ष यता देखि नियमित रुपमा महाकविको जन्म जयन्तीका अवसरमा विविध साहित्यिक तथा सृजनात्मक कार्यक्रम गर्दै उनलाई संझने गरिएको छ ।


