सृजनाको चौतारी

स्वर्ग जाने सिफारिस

बस्तीलाई भ्रम छरेर मस्ती गर्नेहरु
एक पटक फेरि साधुको भेषमा बस्ती पस्दैछन्, बिचरा जस्तै भएर !
झुठको भारी कसेर भ्रान्तीको बाकस बोकेर सपना रोप्न आउँदैछन् बस्तीमा
अनुहार यीनीहरुको जस्तो देखिए पनि
मनमा कपट र जाल बाहेक केही छैन
त्यसैले अब बस्तीहरु होशियार बन्ने समय आएको छ
यो बस्तीसँग हाम्रो पुरानो नाता छ यसै भन्नेछन् उनीहरुले
कपटको पासो फ्याँक्नेछन् अनि प्रलोभनको खेती गर्नेछन्
सपनैसपनाको चाङ्ग लगाउनेछन् र भन्नेछन्‘तपाई त हाम्रो पुरानो साथी भन्न्नै पर्दैन’
तर, बस्ती चनाखो बन्ने समय हो यो
साधु र चण्डाल चिन्ने समय हो यो
गफका पण्डितहरुले कुराको उरुङ्ग लाउनेछन्
भोली स्वर्ग जाने सिफारिस सम्म यीनले दिनेछन्
भन्नेछन् ‘मैले सिफारिस गरेँ भने स्वर्ग जान सक्नु हुन्छ’
सबै झुठ शिवाय केही होईन,सबै भ्रम बाहेक केही हुदैन
त्यसैले अब हरेक बस्तीहरुले चनाखो बन्ने बेला भएको छ
हिजो आफ्ना नाममा मस्ती मार्नेहरुलाई चिन्ने समय भएको छ
हात जोड्नेछन्,कसम खानेछन् मौका परे तामोतुलसा गर्नेछन्
तर, जे गर्नेछन् त्यो सबै झुठ गर्नेछन्
यो समय बस्तीको हो
अहिले बस्तीले असल र खराब छुट्ट्याउन सक्नु पर्छ
मनले हित गर्ने र मुखले सार मिलाउने चिन्ने समय हो यो
किनकी फेरि एकपटक बस्तीका नाममा मस्ती गर्नेहरु
हाम्रो बस्तीमा आउँदैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button