
डोल्पा । पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जीतको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी भएका छन् ।
रोकायाले सात सय ७० मत पाएर विजयी भए भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले सात सय ४६ मत ल्याए ।
उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।झिल्को डटकम



